‘एसपीपी’ सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको हो : अध्यक्ष नेपाल
काठमाडाैं | असार १२, २०७९
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता तत्कालीन प्रधानमन्त्री केपी ओलीकै पालामा भएको दाबी गरेका छन् ।
अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले ओली आफैंले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा नै भएन भन्नुहुन्छ,’ उनले भनेका छन्, ‘कि चिन्तनमा कमजोरी कि काम गर्ने गलत छ, यसमा सुधार गर्नु होला ।’
२०७४ मा पहिलो पार्टी रहेको एमाले अहिले कांग्रेसभन्दा पछाडि पुगेको उल्लेख गर्दै नेपालले ओलीको कमजोरी औँल्याए । ओलीको कमजोरीले पार्टी कमजोर बनेको, तर उनले आफ्नो गल्ती लुकाउन अरुलाई दोषी देखाउने गरेको नेपालले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

